जाजरकोटको ऐतिहासिक सेतो दरबार भत्कियो, भूकम्पपछि वर्षाले पुर्‍यायो थप क्षति

चैत्र २८, २०८१ |सरोज वली
जाजरकोटको ऐतिहासिक सेतो दरबार भत्कियो, भूकम्पपछि वर्षाले पुर्‍यायो थप क्षति

जाजरकोट । गत वर्ष कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले चर्किएको जाजरकोटको ऐतिहासिक सेतो दरबार गएराति परेको अविरल वर्षाले थप भत्किएको छ । जाजरकोटी राजाको शाही निवासका रूपमा परिचित यस दरबारलाई नेपाल सरकारले देशका एक सय प्रमुख पर्यटकीय गन्तव्यहरूमा सूचिकृत गरेको थियो ।

सेतो दरबार, जसलाई जाजरकोट दरबारका नामले पनि चिनिन्छ, १८५२ सालमा तत्कालीन राजा इन्द्रनारायण शाहको पालामा निर्माण गरिएको थियो । 

खलंगाको सबैभन्दा अग्लो स्थानमा अवस्थित यो दरबार ऐतिहासिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदा मानिन्छ । १९९० सालको भूकम्प जानुभन्दा ३८ वर्षअघि निर्माण भएको दरबार यसपटकको शक्तिशाली भूकम्पपछि चर्किएको थियो । कमजोर बनेको संरचनालाई गए रातिको वर्षाले थप भत्काइदिएको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।