
काठमाडौं । सीताराम विवाहपञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ ।
जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रूंगटाले जानकारी दिनुभयो ।
जीन माता ट्रस्टले यसअघि पनि सयौँ मन्दिरहरूमा चुनरी चढाउँदै आइरहेको छ । पछिल्लो वर्ष समेत विवाहपञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रष्टले यस वर्ष पनि जानकी मन्दिरमा चुनरी चढाएको हो ।