झन्डै साढे दुई घन्टा अवरूद्ध बनेको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा

मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
झन्डै साढे दुई घन्टा अवरूद्ध बनेको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा

पूर्वी नवलपरासी । झन्डै साढे दुई घन्टा अवरूद्ध बनेको नारायणगढ -बुटवल सडकको दाउन्ने खण्ड केहीबरे अघिदेखि एकतर्फी खुलेको छ । 

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ पैँसट्ठी मोडमा सडक विस्तार कार्यमा प्रयोग भएको स्काभेटर बिग्रिँदा सडक दुईतर्फी अवरूद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बिग्रिएको स्काभेटर छेउ लगाएर सडक एकतर्फी खुलाइएको हो । 

ठूलो उपकरण भएकाले सडकबाट हटाउन कठिन भएको छ । सडक अवरूद्ध हुँदा रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । विश्वकर्मा मन्दिर नजिकै पनि बाटो एकतर्फी मात्रै खुला भएकालेले यात्रा अझै सहज छैन । सडक विस्तारको क्रममा यस खण्डमा सडक चिप्लो, खाल्डाखुल्डी तथा भारी सवारी साधन फस्ने समस्याले हरेक दिन यातायात सञ्चालनमा समस्या आउने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.