
काठमाडौं । पाकिस्तानको पेसावरस्थित अर्धसैन्य बल फेडरल कन्स्टाबुलरी-एफसीको मुख्यालयमा भएको आत्मघाती आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।
बिहान ८ बजे भएको आक्रमणमा एफसीका सुरक्षाकर्मीहरू ३ जना र आक्रमणकारी ३ जना गरी ६ जना मारिएको जियो टीभीले जनाएको छ । आक्रमणकारीमध्ये एक जनाले मुख्यालयको गेटमा आफैंलाई विस्फोट गराएका थिए भने भित्र प्रवेश गरेका २ जना सुरक्षाकर्मीको प्रतिकारमा मारिएको जनाइएको छ ।
आक्रमणमा तीन एफसी कर्मचारीसहित १० जना घाइते भएका छन् । तीमध्ये ९ घाइतेलाई लेडी रिडिङ अस्पताल लगिएको छ । यसैबीच, प्रधानमन्त्री शेहबाज शरिफले आक्रमणको निन्दा गर्दै समयमै कारबाही गरेकोमा सुरक्षा बलको प्रशंसा गर्नुभएको छ । उहाँले आतंकवाद समाप्त पार्ने प्रतिबद्धतासमेत दोहोर्याउनुभएको छ ।