धनुषामा कार दुर्घटना हुँदा एक दम्पत्तिको मृत्यु

महेन्द्रनगरमा भएको दुर्घटनामा परि चार जना घाइते
मंसिर ७, २०८२ |अनिल मिश्र
धनुषामा कार दुर्घटना हुँदा एक दम्पत्तिको मृत्यु

जनकपुर । मधेश प्रदेशको राजधानी धनुषाको जनकपुर ढल्केबर ६ लेन सडकअन्तर्गत नक्टाझिझ र महेन्द्रनगरमा भएको छुट्टा-छुट्टै दुर्घटनामा परि एक दम्पत्तिको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

आइतबार भएको सवारी दुर्घटनामा साइकलमा सवार मिथिला नगरपालिका लक्ष्मी निवासका ६० वर्षीय राजकुमार महतो र उहाँकी धर्मपत्नी ५५ वर्षिया सुमित्रा देवीको मृत्यु भएको हो । सुमित्राको घटनास्थलमै र राजकुमारको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । बागमति प्रदेश  ०३१ च २०३६  नम्बरको कार तीव्र गतिमा ढल्केबरतर्फ जाँदै गरेको कार जेब्रा क्रसिंग नजिक सडक छेउमा महतो दम्पत्तिलाई जोडले ठक्कर हानेको थियो ।

कार र कार चालक प्रहरीले नियन्त्रणमा रहेको छ भने दुवैजना शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको छ । सोही सडक खण्डअन्तर्गत महेन्द्रनगरमा भएको कार दुर्घटनामा परि चार जना घाइते भएका छन । चारै जनाको उपचार भई रहेको प्रहरीले जनाएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।