सिरहा । सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ८ जना पक्राउ परेका छन् । सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट शुक्रबार र शनिबार ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका-१० का २४ वर्षीय प्रवीन बुढाथोकी र २२ वर्षका श्रवण कुमाललाई शुक्रबार सीमाक्षेत्रबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
यस्तै, मिर्चैया नगरपालिका-८ का १९ वर्षीय सुशान्त पजियार र मिर्चैया-५ का विजय महतोलाई ०.९२ ग्राम ब्राउन सुगरसहित प्रहरीले सीमाक्षेत्रबाटै शनिबार पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका-११ का २१ वर्षीय सुनिल बहादुर तामाङलाई २३.९५ ग्राम ब्राउन सुगरसहित शनिबारै माडर-लहान चल्ने बसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, लहान नगरपालिका-३ स्थित अस्पताल चोकबाट धनगढीमाई नगरपालिका-९ का २१ वर्षीय पवन साह, धनगढीमाई-८ का २१ वर्षीय लालबाबु राय र २३ वर्षका अंकेश महतो ३३.१५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
उनीहरूमाथि सिरहा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताउनुभयो ।