आज रामनवमी, भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

चैत्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज रामनवमी, भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज रामनवमी पर्व, श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। चैत्र शुक्ल नवमीका दिन रामचन्द्रको पूजाआरधना गरी ध्यान गर्नाले मनले इच्छा पूरा हुने धार्मिक विश्वास रहीआएको छ । 

जनकपुर र भारतको अयोध्यामा रामनवमीको अवसरमा रामलीला देखाइने प्रचलन छ । असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरहरूमा पूजापाठ भैरहेको छ । 

आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतबाट भक्तजनहरुको ठूलो उपस्थिति छ । रामनवमी पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.