नापोली र बेलोन्याबीचकाे खेल बराबरीमा टुंगियो

चैत्र २६, २०८१ |खेल ब्युरो
नापोली र बेलोन्याबीचकाे खेल बराबरीमा टुंगियो

काठमाडौं । नापोलीले बेलोन्यासँग १-१ गोलको बराबरी खेलेपछि शीर्ष स्थानको इन्टर मिलानसँग अंक दुरी कम गर्ने अवसर गुमाएको छ ।

पाहुँना टिम नापोली, इन्टर मिलान, पार्मासँग २-२ गोलको बराबरीमा रोकिएको फाइदा उठाउने योजनामा रहेको थियो । जीतले नापोलीसँगको दुरी एक अंकमा झर्ने थियो । प्रतिबन्धित प्रशिक्षक एन्टोनियो कोन्टेको अनुपस्थितीकाबीच नापोलीले सुरूवात पनि राम्रो गर्यो । 

१८औं मिनेटमा आन्द्रे फ्राङक अङगिसाको गोलमार्फत नापोलीले अग्रता लिएको थियो । ३३औं मिनेटमा नापोलीले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । घरेलु टिमले दोस्रो हाफको सुरूवातमानै बराबरी गोल फर्काउने अवसरको सदुपयोग गर्न सकेन् । 

नापोलीको अग्रता अन्तिम समय सम्म टिक्न सकेन् । ६४औं मिनेटमा बेलोन्याका डोनी डोयले गोल गर्दै खेल १-१को बराबरीमा पुर्याए । यहि नतिजासँगै खेल टुंगियो र दुवै टिमले १-१ अंक बाडे । दोस्रो स्थानमा रहेको नापोलीको ३१ खेलबाट ६५ अंक छ । शीर्ष स्थानको इन्टरको ६८ अंक छ । बेलोन्याको ५७ अंकका साथ चौथो स्थानमा छ ।