मायामी ओपन टेनिस: करेन काचानोभमाथि ड्यानियल मेदभेदेभको कठिन जित

चैत्र २६, २०८१ |खेल ब्युरो
 मायामी ओपन टेनिस: करेन काचानोभमाथि ड्यानियल मेदभेदेभको कठिन जित

काठमाडौं । ड्यानियल मेदभेदेभले मायामी ओपन टेनिसको पहिलो चरणमा बेहोरेको हारबाट पुनरागमन गरेका छन् । रुसका मेदभेदेभले मोन्टे कार्लो मास्टर्समा करेन काचानोभमाथि तीन सेटको कठिन जित हात पार्दै अन्तिम ३२ मा स्थान पक्का गरे । 

उनका लागि आफ्नै देशका काचानोभ विरुद्धको खेल सहज भने भएन् । मोनाकोमा भएको खेल मेदभेदेभले छिट्टै टुंग्याउन सक्थे । उनले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेटमा पनि चार एक अंकको अग्रता लिएका थिए । 

तर काचानोभले उत्कृष्ट पुनरागमन गदै ६-४ को जित हात पारेपछि खेल १-१को सेटको बराबरीमा पुगेको थियो । तर अन्तिम सेट मेदभेदेभले ६-४ ले आफ्नो पक्षमा पार्दै खराब नतिजाबाट जोगिएका हुन् । 

मायामी आपनको सुरुवाती चरणमानै पराजित भएपछि उनी शीर्ष दश बरियताबाट बाहिरिएका थिए । काचानोभ र मेदभेदेभ बीचको खेल दुई घन्टा ५१ मिनेट सम्म चलेको थियो । मेदभेदेभ सन २०२३ रोम पछि पहिलो उपाधीको खोजीमा छन् ।