इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रका अवसरमा सोमबार सार्वजनिक बिदा

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इद उल फित्र) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आइतबार जानकारी दिएको हो ।

'२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णयबमोजिम चैत १८ गते सोमबार सार्वजनिक बिदा घोषणा गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी सूचनामा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.