काठमाडौं । धादिङको गजुरीस्थित वनमा लागेको डढेलो बस्तिमा पस्दा दुई घर जलेको छ । गजुरी गाउँपालिका-२ मा पर्ने बित्लव सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा स्थानीय चनमती बिश्वकर्मा र खुम राज बिश्वकर्माको घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
घरसँगै आगलागीका कारण तीन वटा बाख्रा जलेर मरेको धादिङ प्रहरीले जनाएको छ । शनिबार अपरान्हदेखि बनमा लागेको आगो गाउँमा पसेको थियो ।
धादिङमा पछिल्लो समय बनमा आगो लाग्ने क्रम बढेको भएपनी आगो लाग्न नदिन र लागिहाले पनि आगो नियन्त्रणमा डिभिजन बन कार्यालयले चासो नदिएको उपभोक्ताले आरोप लगाएका छन ।