भरुवा बन्दुकसहित दुई जना नियन्त्रणमा

चैत्र १९, २०८१ |विनोद घिमिरे
भरुवा बन्दुकसहित दुई जना नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । साँगुरीगढी ८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक एकथान र बारुदसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बन्दुक र बिस्फोटकसहित स्थानीय तेज कुमार बिक र मनभा राई पक्राउ परेको धनकुटा प्रहरीका नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

इलाका प्रहरी चौकी भेडेटारबाट खटिएको प्रहरी टोलीले प्र-१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताउनु भयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।