जनकपुरमा ललितकला प्रदर्शनी

फाल्गुन २५, २०८१ |अमरकान्त ठाकुर
जनकपुरमा ललितकला प्रदर्शनी

धनुषा । मिथिला कला र संस्कृतिलाई विकास गर्ने उद्देश्यले मधेश प्रदेशको राजधानी जनकपुरधाममा ललितकला प्रदर्शनी आयोजना भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा जनकपुरधाममा प्रदेश स्तरीय ललितकला प्रदर्शनी गरिएको हो । मिथिला चित्रकला, मूर्तिकला र आधुनिक ललितकला क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्नुका साथै नयाँ पुस्तालाई कला क्षेत्रमा आकषिर्त गर्न दुई महिनाभित्र दोस्रो पटक प्रदर्शनी गरिएको हो । यस्ता प्रदर्शनीले नयाँ पुस्तामा उत्साह बढाएको मिथिला चित्रकार एससी सुमनको भनाइ छ ।

फागुन २१ गते देखि २४ गतेसम्म आयोजित प्रदशर्नीमा मधेश प्रदेशका ८ जिल्लाका १ सय ५५ जनाले तयार पारेको २ सय ५ वटा चित्रकला, मूर्तिकला, हस्तकला लगायत आधुनिक कलात्मक ललितकलाका बस्तुहरु राखिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अरुणा हिङमाङले जनाउनु भयो ।

मधेश प्रदेश स्तरीय ललितकला प्रदर्शनीमा शहरदेखि ग्रामिण क्षेत्रका अधिकांस महिलाहरुको सहभागिता रहेको थियो ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement