काठमाडौं । एसिया तथा प्रशान्त क्षेत्रका देशहरुको कृषि यन्त्र परीक्षणसँग सम्बन्धित संस्था "एनताम" को ११ औं वार्षिक बैठक काठमाडौमा सुरु भएको छ ।
बैठकमा १९ देशका ५० भन्दा बढी कृषि वैज्ञानिक तथा गुणस्तर नियमन प्रमुखहरु सहभागी छन् । विकास गरिएका कृषि औजारको प्रयोग तथा गुणस्तरमा एकरुपता कायम गर्ने विषयमा सदस्य मुलुकबीच छलफल भइरहेको छ । सदस्य २३ मध्ये एउटा देशले दिएको गुणस्तर मान्यता सबै मुलुकमा लागू गरिने जनाइएको छ। नेपालले आयात गरिने कृषि औजारको गुणस्तर नियमन गर्न लागेको सरकारी अधिकारीहरुको दाबी छ ।
बैठक पर्सीसम्म चल्ने छ । तराईका जिल्लामा कृषि यन्त्रको प्रयोग बढेपनि हिमाली र पहाडी जिल्लामा पुर्याउन सकिएको छैन । कृषिबाट भइरहेको युवा पलायन रोक्नका लागि उपयोगी औजार विकास गर्न विज्ञहरुले सुझाएका छन् ।