कोदो बालीको प्रर्वद्धन र बजारीकरणको उद्देश्यसहित बाजुराको बडीमालिकामा मनाइयो 'कोदो दिवस'

मंसिर १, २०८१ |प्रेम रौले
कोदो बालीको प्रर्वद्धन र बजारीकरणको उद्देश्यसहित बाजुराको बडीमालिकामा मनाइयो 'कोदो दिवस'

 बाजुरा । बडीमालिका नगरपालिकाले 'प्रथम बडीमालिका कोदो दिवस २०८१' मनाएको छ ।

बडीमालिका नगरपालिका कृषि विकास शाखाको आयोजनामा आज सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेशका कृषि, भूमि तथा सहकारीमन्त्री बीरबहादुर थापाले कोदो दिवसको उद्घाटन गर्नु भएको थियो ।

‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने नाराका साथ नगरपालिकाले कोदो दिवस मनाएको बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिनु भयो ।

कार्यक्रममा कृषक समूहले आफ्नो खेतबारीबाट उत्पादन गरेका कोदोबाट बनाइएका विभिन्न परिकार प्रर्दशनमा राखेका थिए ।

कोदो बालीको उत्पादन बृद्धि, संरक्षण, प्रशोधन र बजारीकरण गर्नका लागि दिवसले महत्वपूर्ण भूमिका खेल्ने बडीमालिका नगरपालिका प्रमुख खड्काले बताउनु भयो ।

कोदो दिवसमा प्रतियोगितामा समावेश भएका प्रत्येक विधाका उत्कृष्ट कृषकलाई पुरस्कार समेत दिइएको थियो ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement