अर्घाखाँची बस दुर्घटना अपडेट : गम्भिर घाइते ११ जना बुटवल रेफर

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्घाखाँची बस दुर्घटना अपडेट : गम्भिर घाइते ११ जना बुटवल रेफर

अर्घाखाँची । अर्घाखाँचीको भूमिका स्थान नगरपालिका -६ खिल्जीमा भैली खेलीरहेका स्थानीयलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

देउसी भैलो खेलिरहेका समूहमाथि ब्रेक फेल भएको बसले किच्दा २ जनाको मृत्यु हुनुका साथै ३८ घाइते भएका छन् ।

प्यूठानतर्फ जाँदै गरेको ना ३ ख २४७१ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भइ नाचिरहेका कलाकारलाई किच्दा ७२ वर्षीय रूनी खनाल र २२ बर्षीय तारा श्रेष्ठको ज्यान गएको हो । खनालको घटनास्थलमा र श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताउनु भयो ।

घाइते मध्य ११ जनालाई उपचारका लागि बुटवल रेफर गरिएको छ । खिल्जी प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक सोमप्रसाद पाठकका अनुसार मृत्यु हुने दुई जना दर्शक र घाइते हुने अधिकांश भैलोमा नाच्ने र गाउँने कलाकार छन् । बस चालक अहिले फरार छन् ।

अर्घाखाँची अस्पतालका सूचना अधिकारी नीम रानाले ११ जना गम्भीर घाइतेको बुटवलमा रेफर गरिएको र २७ जनाको अस्पतालमा उपचार भैरहेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । घाइतेका हातखुट्टा भाँचिएको र शरिरका विभिन्न भागमा चोटपटक लागेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement