बाढी-पहिरोले विध्वंश मच्चाउनेगरी आएको मनसुन नेपालबाट बाहिरियो

आश्विन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी-पहिरोले विध्वंश मच्चाउनेगरी आएको मनसुन नेपालबाट बाहिरियो

काठमाडौं । बाढी र पहिरोले ठूलो विध्वंश मच्चाउने गरी आएको यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।

आज कोशी प्रदेशबाट बाहिरिएसँगै यो वर्षको मनसुनको बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकीबाट मनुसन बाहिरिएको थियो ।

जेठ अन्तिम साताबाट नेपालमा मनसुन भित्रिने र असोज मध्यसम्म अर्थात् अक्टोबर २ आसपासमा मनसुन बाहिरिने गर्छ । यसपालि चार महिना रहेर करिब १० दिन ढिला मनसुन बाहिरिएको हो । 

यसपालि जेठ २८ गते मनसुन भित्रिएको पनि विभागले जनाएको छ । यसपालि अशोज दोश्रो साताको अविरल वर्षासँगै बाढी पहिरोका कारण नेपालमा २ सय ४० भन्दा बढीको ज्यान गएको थियो । सडक र भवनसहित अर्बौ भौतिक क्षतिको त यकिन विवरण अझै आइसकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.