सप्तमीदेखि दशमीसम्म कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सप्तमीदेखि दशमीसम्म कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले दशैंको सप्तमी देखि दशमीसम्म हुनसक्ने वर्षाको पूर्वानुमान गर्दै सम्भावित वर्षा हुनसक्ने स्थानमा सतर्क रहन आग्रह गरेको छ ।

यस वर्ष दशैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनहरुमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले सार्वजनिक गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.