काभ्रेको ढडेनपाखामा पहिरोमा पुरिएका तीन जनाको शव फेला

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेको ढडेनपाखामा पहिरोमा पुरिएका तीन जनाको शव फेला

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका-२ ढडेनपाखामा तीन जनाको शव फेला परेको परेको छ ।

पहिरोमा पुरिएर वेपत्ता भएका ८ जनाको खोजीकार्य गर्दा ३ जनाको शव फेला परेको हो । अन्यको खोजी कार्य जारी छ ।

नेपाली सेना, स्थानीय जनप्रतिनिधि र नेपाली सेनाको संयुक्त प्रयत्नमा खोजिकार्य भइरहेको छ ।

बाढी र पहिरोमा परेर काभ्रेमा मृत्यु हुनेको संख्या ५४ जना पुगेको छ । ५२ जना घाइते छन् भने ६ जना बेपत्ता छन् ।

बाढी पहिरोमा फसेकामध्ये हेलिकप्टरमार्फत ३३६ जना र अन्य तवरबाट २३६ जनाको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.