राष्ट्रिय प्रसारण लाइन पुगे पनि बुलिङटारका केही बस्ती अझै विद्युत्‌विहीन

वैशाख ५, २०८३ |नवीन पौडेल
राष्ट्रिय प्रसारण लाइन पुगे पनि बुलिङटारका केही बस्ती अझै विद्युत्‌विहीन

पूर्वी नवलपरासी । राष्ट्रिय विद्युत प्रसारण लाइन पुगेको तीन वर्ष हुन लाग्दा पनि पूर्वी नवलपरासीको पहाडी भेग बुलिङटारका केही बस्तीका स्थानीयले बिजुली बत्ती बाल्न पाएका छैनन्।

बुलिङटार गाउँपालिका ४ को अर्खला, देउराली, सिङचाङ्गलगायतका बस्तीमा बिजुली बत्ती नपुगेको वडा अध्यक्ष मिन बहादुर आलेले बताउनुभयो। यहाँका बासीन्दाले बेलुकाको समयमा मात्रै लघु जलविद्युत्‌बाट बत्ती बाल्न पाएका छन् भने अन्य विद्युतीय उपकरण चलाउन समेत पाएका छैनन् । 

विद्युत् वितरणको पूर्वाधार तयार गर्नका लागि टेन्डर लागेको लामो समय भए पनि ठेकेदारले समयमा काम नगर्दा केही स्थानका बासीन्दाले विद्युत् मिटरसमेत राख्न नपाएको विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख शिव नारायण गोशलीले बताउनुभयो ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।