काभ्रेमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५४ पुग्यो

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५४ पुग्यो

काठमाडौं । काभ्रेमा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यस्तै ५२ जना घाइते रहेका छन् भने ६ जना अझै बेपत्ता छन् ।

बाढी पहिरोमा फसेकामध्ये हेलिकप्टरमार्फत ३३६ जना र अन्य तवरबाट २३६ जनाको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाढीपहिरोले अवरुद्ध विपि राजमार्ग खण्ड सञ्चालनमा आएपनि नेपालथोक धुलिखेल खण्डमा अवरोध कायम रहँदा सवारीसाधन प्रभावित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.