पूर्वी नवलपरासीको चोरमारामा सडक अवरुद्ध , वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वी नवलपरासीको चोरमारामा सडक अवरुद्ध , वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा सडक अवरुद्ध भएको छ ।

सोमबार बिहान सडकको हिलो र खाडलमा सवारी फसेपछि सडक अवरुद्ध भएको हो । घण्टौ सम्म सडक अवरुद्ध हुँदा सवारीको लामो जाम परेपछि वैकल्पिक मार्गबाट यातायात संचालनमा ल्याएको र फसेको सवारी हटाउने काम भैरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

अहिले यात्रुबहाक सवारी र अत्यावश्यक सवारीलाई भित्री सडकमा संचालन गरीएको छ । चोरमारा उकालोमा यसअघि पनि पटक पटक सडक बिग्रीने गरेको छ ।

जसका कारण घण्टौ सम्म सवारी जाम हुने गरेको छ । हिलाम्य हुँदा ग्राभेल हाल्ने बाहेक अन्य मर्मतको काम नगर्दा पानी पर्नासाथ यस स्थानमा सडक अवरुद्ध हुने गरेको छ ।

अहिले सडक किनारमा पानीको मुल फुटेको कारण सडक हिलाम्य भएको र सवारी संचालनमा असहजता आएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.