पहिरो पन्छाइएपछि विमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरो पन्छाइएपछि विमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.