माथिल्लो तामोकोशी जलविद्युत केन्द्रमा पहिरोमा परि वेपत्ता ३ जनाको शव फेला

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
माथिल्लो तामोकोशी जलविद्युत केन्द्रमा पहिरोमा परि वेपत्ता ३ जनाको शव फेला

दोलखा । माथिल्लो तामोकोशी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विधुत संचालन गृह शनिबार पहिरोले पुरिदा वेपत्ता भएका ३ जनाको शव फेला परेको छ ।

आईतबार साँझ प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीले पहिरोले पुरिएको विद्युत संचालन गृह निजकै खोजी गर्दा क्षतविक्षत अवस्थामा ३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । एक जना अझै पहिरोमा वेपत्ता रहेको प्रहरीले बताएको छ ।

पहिरोले विद्युत संचालन पुरिदा वेपत्ता भएका नेपाली सेनाको गरूड गण दोलखामा कार्यरत बैतडीका शंकर चन्द र तामाकोसी जलविद्युत केन्द्रमा कार्यरत नवलपरासी प्रतापपुरका कृष्णप्रसाद चौधरी र दोलखाको वपगु गाउँपालिका-१ स्यालुका ३० बर्षीय जयराम तामाङ रहेको डिएसपी युवराज खड्काले बताउनु भयो ।

पहिरोमा परेका नेपाली सेनाका नरेन्द्रबहादुर पालको अवस्था भने अज्ञात रहेको छ । फेला परेको शवको सनाखत भने हुन सकेको छैन । उनीको खोजी पुनः सोमबार बिहानबाट भइरहेको प्रहरीले जनाएको छ ।

पहिराले विद्युत संचालन गृह क्षतिग्रस्त बनाएपछि ४ सय ५४ मेगावाटको तामाकोशी विद्युत केन्द्रको उत्पादन ठप्प भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.