नेपाली चिकित्सक विवेक सिंहलाई ट्रिपल ई अवार्ड

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली चिकित्सक विवेक सिंहलाई ट्रिपल ई अवार्ड

काठमाडौं । नेपाली चिकित्सक डा. विवेक सिंह ट्रिपल ई अवार्ड्स (इन्टरप्रेन्योरसिप एन्ड इन्गेजमेन्ट एक्सिलेन्स अवार्ड्स) बाट सम्मानित हुनुभएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको एक कार्यक्रममा उहाँलाई ‘मोस्ट एन्गेज्ड एकेडेमिक अफ द इयर’ विधा अन्तर्गत अवार्ड प्रदान गरिएको हो ।

डा‍. सिंहसहित भारतकी मनिषा सिंह, अस्ट्रेलियाकी ऋचा अवस्थी, चीनकी मिनियोङ ली र सिंगापुरकी युआन्तुओ कुस्नादी पनि उत्कृष्ट पाँचमा परेका थिए । मोरङ लेटाङ घर भएका सिंह चीनमा कार्यारत हुनुहुन्छ । चिकित्सा शिक्षामा एक दशकभन्दा बढीको अनुभव भएका डा. सिंहले नेपालमा चिकित्सा र शैक्षिक क्षेत्रलाई अगाडि बढाउने काम गर्नुका साथसाथै उत्तरी मोरङ लेटाङमा आफ्नै निजी स्वास्थ्य केन्द्र सञ्चालन गर्नु भएको छ ।

डा. सिंहले प्रसिद्ध अन्तर्राष्ट्रिय जर्नलमा नौवटा शोधपत्र प्रकाशित गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त तीनवटा पुस्तक पनि लेख्नु भएको छ । यही वर्षमात्रै सिंहले २ बटा अन्तर्नाष्टिय सम्मान प्राप्त गर्नु भएको थियो ।

ट्रिपल ई अवार्ड्सबाट सम्मानित भएपछि सिंहले स्वास्थ्य शिक्षामा काम गर्न थप उर्जा मिनेको बताउनु भएको छ । स्वास्थ्यमा यथेष्ट लगानी गर्न सके मात्रै मुलुक समृद्धिको बाटोमा हिड्ने उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement