आजको मौसम : कहाँ-कहाँ पर्दैछ पानी

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आजको मौसम : कहाँ-कहाँ पर्दैछ पानी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement