कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासी खण्डमा पहिरो खस्दा सडक अवरुद्ध

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासी खण्डमा पहिरो खस्दा सडक अवरुद्ध

काठमाडौं । कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासी खण्डमा पहिरो खस्दा तीन स्थानमा सडक अवरुद्ध भएको छ ।

वर्षाको कारण पहिरो जाँदा शुक्रबार बिहानबाट नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गैडाकोट नगरपालिका-३ ढोडेनीमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बुलिङटार गाउँपालिका-१ मते डाँडामा पनि पहिरो खसेको छ ।

यता बौदीकाली गाउँपालिका-३, स्थित जन्ति पहिरोमा वर्षाका कारण लेदो सहितको पहिरो खस्दा डेढगाउं-पाल्पा रामपुर सडक पूर्ण रुपमा बन्द भएको छ ।

तीन स्थानमा गएको पहिरो सडक विभाग सँगको सहकार्यमा पन्छाउने प्रयास भएपनी अहिले सम्म पहिरो हटाईएको छैन् । यसले गर्दा नवलपरासीको गैडाकोट , दलदले , कावासोती , अरुणखोला लगाएतको क्षेत्रबाट पहाडी भेगमा संचालन हुने यातायात संचालनमा असहज भएको छ भने करिडोर हुँदै पाल्पा जाने यात्रु पनि मर्कामा परेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement