उदयपुरमा आमा-छोराको हत्या

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
उदयपुरमा आमा-छोराको हत्या

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० सोरुङछबीसेमा हिजोराती आमा छोराको हत्या भएको छ ।

आमा अन्दाजी ४० वर्षीया निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापाको हत्या भएको हो । 

घटनाको २४ घण्टा बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाएर पक्राउ गर्न सकेको छैन । धारिलो हतियारले घाँटीरेटी हत्या भएको अवस्थामा शव बिहान फेला परेको थियो ।

राती आमाछोरा आफ्नै पसलमा सुतेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार राती उनीहरुको हत्या गरी हत्यारा फरार रहेको हुनसक्ने र खोजतलास तथा अनुसन्धान भइरहेको छ । 

श्रीमानले अर्कै विवाह गरी गाउँ छाडेपछि निर्मला छोराको पालन पोषणका लागि पसल गर्दै आएकी थिइन् । मृतक आमाछोराको शव कटारी अस्पताल लगिएको छ । हत्यारा पत्ता नलागेको भन्दै परिवारले पोष्टमार्टम गर्न मानेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement