खोटाङको साकेला र दिप्रुङ चुइचुम्मामा ठूला ट्रकलाई प्रतिबन्ध

फाल्गुन ३, २०८० |कान्तिपुर टीभी संवाददाता
खोटाङको साकेला र दिप्रुङ चुइचुम्मामा ठूला ट्रकलाई प्रतिबन्ध

खोटाङ । खोटाङको साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका क्षेत्रभित्रका सडकमा ठूला सवारीसाधनलाई आवतजावतमा प्रतिबन्ध लगाएका छन् ।

ठूला सवारीसाधन आवतजावत गर्दा कच्ची सडक भत्किएको भन्दै ती गाउँपालिकाले २१ टन क्षमताको दश चक्के र १५ टन क्षमताका ८ चक्के ट्रकलाई प्रतिबन्ध लगाएका हुन् ।

तर, गाउँपालिकाले सार्वजनिक सडकमा ठूला सवारीसाधनमाथि नियम विपरीत प्रतिबन्ध लगाएको भन्दै आलोचना सुरु भएको छ । ठूला सवारीसाधन आवतजावतमा प्रतिबन्ध लगाइएसँगै सर्वसाधरणले उत्पादन गरेका वस्तु तथा निकासी गर्नुपर्ने काठ-पातसमेत रोकिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.