नेपाली समाजको मुलाना विशेषता भनेकै यसको विविधता हो ।
त्यसैले विविधताले भरिपूर्ण रहेको समाजलाई समाजको परिभाषा सोध्नु गिज्जाएको झै हुन्छ । तर समाज कसरी निर्माण भयो, किन भयो होला भन्ने प्रश्नमा प्रश्न वाचक चिह्नले ठूलो भूमिका खेल्ने रहेछ। सोच्नुहोस त समाज कसरी निर्माण भयो होला? जहाँ प्रत्येक व्यक्तिको सोच्ने क्षमता, राख्ने धारणा, अभीव्यक्ति व्यवक्त गर्ने शैली फरक-फरक छ त्यहाँ विविधता, समाज चलाउने वादहरू कसरी उम्रन्छन्, फस्टाउछन अनि सेलाउँछन?
पश्चिमी समाजशास्त्रीहरू जस्तै Thomas Hobbes, John Locke, Jean Jack Rosseau जस्ता विध्वानहरू भन्छन समाजको निर्माण सामाजिक सम्झौताद्वारा भएको हो । सामाजिक सम्झौता जहाँ सम्झौता विचारको अधिकारको स्वार्थकाे पनि केही हदसम्म भयो । कसरी? उनीहरु भन्छन मानिस प्राकृतिक स्वभावैले जङ्गली अवस्थाका अर्थात् "Savage in nature" हुन्छन् तर समयक्रम बित्दै जाँदा आफूभित्रको क्रोध, जङ्गलीपन, स्रोत र साधनका लागि लड़ाई पिडा, दुःख र कस्टले परकास्टा नाघेपछि आफ्नो स्रोत साधन ,क्षमताले आर्जेको साधनहरुको रक्षाका लागि एकापासमा सम्झौता हुन्छ ।
जहाँ आफूहरुको केही अधिकार वा भनौं क्षमता आफूले रुचाएको कोही व्यक्ति वा कुनै समुहलाई रेखदेख, हेरचाह, निगरानीका लागि खडा गरिने छ जसलाई शासक पनि भनिन्छ अवधारणाका साथ सामूहिक रुपमा परिवार, समूहको आवश्यक आफ्नो स्वार्थ पुरा गर्न बनाइएको हो।
समाज र त्यसैबाट शाशक, शोषण र राष्ट्रको परिकल्पना भएको उनीहरुको काल्पनिक दाबी छ । तर उनीहरुबीचमै पनि सामाजिक सम्झौता कस्तो प्रकृतिबाट उठ्नुका लागि भयो भन्ने कुरामा मतभेद पाउन सकिन्छ । समाजशास्त्रीहरूको लामो खोज र अनुसन्धाननले दिइएको उनीहरूको यो वैचारिक निष्कर्ष नै धरोहर सत्य हो भन्ने प्रमाण स्वयम उनीहरूले नै पनि नभएको जनाएका छन् ।
अब हेरौं वर्तमान नेपाली समाज र नेपाल जस्तै थुप्रै विदेशी समाज । कुनै समाज विकासले समृद्ध छ त कुनै प्राकृतिक मौलिकताले समृद्ध छ। बाहिरबाट आङ्कलन गर्न सकिने भौतिक, पूरातात्कि संरचनातमक दृष्टिले मात्र समाजलाई अछि बढाउँछ भन्ने हुँदैन। यसमा सबैभन्दा ठूलो हात त्यहाँ बसोबास गरेको मानिसको हुलले निर्धारण गर्नेगर्छ।
मानिसलाई हिजो समाज बाँच्नका लागि चाहिएको थियो, आज पनि बाँच्नकै लागि चाहिएको छ र अन्तत: भोलि पनि बाँच्नकै लागि चाहिन्छ । मानिसलाई मानिस बनाउनेपनि समाजले हो मरितुल्य बनाउने पनि समाजले । समाजमा तर के त्यस्तो तत्वहरू हुन सक्लान जस्ले आवश्यकता बोकेको स्रोतद्वारा नै मानिस मरितुल्य बन्नुपर्छ?
यो सबै चक्रव्यूह हो विचारको । वर्तमान समयमा हाम्रो समाज अराजकता, बेथिति, बिवेकबाट माथि उठ्न राजनैतिक तवरले लागि परेको छ । तर राजनितिक तवरले अधि बढ्दै जाँदा के यो राजनितिक अस्थिरता राजनीतिक विसङ्गतिको परिणाम हो त उथलपुथल बनेको मानिसको यो समाज?
आज समाजमा कोही कसैको कुरा सुन्न बुझन र केलाउन चाहँदैन । हरेक कुराको गहिरो अनुसन्धान मुल्याङ्कन पश्चात मात्र निष्कर्षमा पुग्न सकिन्छ । वाद प्रतिवादबाट निष्केका निष्कर्षले मात्र औपचारिक सान्दर्भिक रुप लिन्छ । जस अनुरूप कुनै व्यक्ति वस्तु वा विचार गलत हो कि सही भनेर छुट्याउन सकिन्छ । तर आजको डिजिटल युगमा खै त वाद प्रतिवाद? वाद, प्रतिवाद यहाँ आफ्नो स्वार्थका लागि गरिन्छ र गराइन्छ पनि ।
वाद प्रतिवादका विषयहरूमा कुनै गहनता भेटिदैँन। हामी जुन व्यक्तिमाथि उठ्दै गरेको हुन्छ मान्नुस् या नमान्नुस् उसको खेदो खन्न पछि पर्दैनौ । पछिल्लो समयमा देखिएको प्रतिव्यक्ति सामाजिक सञ्जालमा लोतपोत समयले वर्तमान समाजलाई ठूली भड़कालोमा हाल्दैछ । हामीसँग समय छैन गहिरो अध्ययनका लागि या हामी समय दिन रूचाउँदैनौ। सुविधाले समृद्ध बनाएको समाजमा सामाजिक सञ्जालले जञ्जाल निर्माण गर्दैछ ।
आज व्यक्तिको भूतकालका विषयलाई उसले विगतमा गरेका कार्यहरूसँग जोडेर वर्तमान समयमा कलङ्कित हिलो छ्याप्ने काम भइरहको छ । सबैको विचार सुनिनु पर्छ तर त्यस्ता विचारहरूको परिमार्जन पनि हुनुपर्छ जसलो सिङ्गो समाजलाई भोलि आघात पुऱ्याउँदछ ।
आज न राजनीतिक कुर्मी, लेखक, पत्रकार, समाजशास्त्री, व्यवसायी, कर्मचारी, कलाकार, विशेषज्ञ, विद् कोही अछुत हुन सकेका छैनन समाजले आधा बुझेर विषय मनन नगरी कलङ्कको हिलो छ्याप्न पल्केको घिन लाग्दो व्यक्तिको हुलको रूपबाट । हामी भुल्दैछौं परिवर्तनका सिद्धान्तहरू ।
समाज विर्संदै छ धैर्यताको परिणामको बारेमा । आज घर परिवारमा हिजोको दिनमा देखाइने आदर, सत्कार र सम्मान छैन । समाजमा सामाजिक सद्भावका सट्टामा देखावटी प्रविधिले ओघट्न थालेका छन । चाडपर्व, सांस्कृतिक परम्परा, भेला सम्मेलनमा प्राचिन सम्यताका ठाउँ ब्रान्डका कपडा, पेय पदार्थले लिन थालेको छ।
समाजमा भएको उब्जिएको बेथिति, विसङ्गतिको कारण खोज्नुका सट्टा हामी पुरुषवादी, महिलावादी, पार्टीवादी , झोलेवादी झैझगडामा रुची राख्छौं । र, स्वार्थ मिलेको हूल ठिक र आफूबाहेक सबै बेठिक भन्ने अवधारणा तपाइ, म सबैमा तिव्र गतिमा फैलि रहेको छ ।
के यसरी अराज हुनु, आफ्नै मात्र स्वार्थमा तल्लिन हुनु, popularity को पछाडि दौडनु र जुन भिडले एकछिनमा समर्थन जनाएर soft power भन्नाले क्षणिक समयका लागि centre of attraction बनाउँछ र परेला झिम्क्कि नपार्दै भुँइमा पछार्छ यस्तो समाज, भिड जुन content का लागि पछि परेको छ । यसले जनाउँदैनर मानिस स्वभावैले कस्तो प्रकृतिबाट आरको हो भनेर ?
आज मानिस कसरी शक्ति लिएर शोषण गर्ने भन्ने युक्तिमा जुटेको छ। र, यो मानिसलाई कसरी त्यो प्राप्त गर्न सकिन्छ भन्ने कुरा पनि मज्जाले थाहा छ। त्यसैले त यहाँ जति नै ठूलो आमूल परिवर्तनलाई चुनौती दिइयोस् अन्त्यमा म्याविपुलेट गरेर राजनीति र शाक्त प्राप्तिको लागि प्रदर्शन लास सँगै गरिन्छ ।
लेखक पूर्वाञ्चल विश्विवद्यालय 'कलेज अफ ल', तेस्राे वर्षमा अध्ययनरत विद्यार्थी निष्ठा बस्नेत हुन्