काठमाडौं । एकछिन के पानी पर्नुपर्छ काठमाडौँ उपत्यकाका थुप्रै ठाउँ डुबान भैहाल्छ । आज पनि यस्तै भयो । बाटो हिँड्नै मुस्किल पर्यो । अझ कतिपय ठाउँमा त बाटै देखिएन । सिंहदरबार, माइतीघर मण्डल, त्रिपुरेश्वरलगायत क्षेत्रमा बाटो कहाँ छ भनेर खोज्न यात्रु, चालक सबैलाई साह्रै असहज भयो । ढल निकास पूर्वाधार राम्रो नहुँदा काठमाडौँका सडकमा झरी पर्यो कि सास्ती भइहाल्छ ।
सहकर्मीहरू विकास आचार्य र पंकज श्रेष्ठले तयार पारेको यो फिल्ड स्टोरी