सुर्खेत । गत असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको साता दिन नाघिसक्यो । तर अहिलेसम्म पनि केही यात्रुसँगै सिङ्गो बसकै अवस्था अज्ञात छ। के साँच्चिकै असुरक्षित छन् कर्णालीका राजमार्ग? अनि सडक र सवारीको अनुगमन र नियमन तथा यात्रु सुरक्षाका लागि प्रदेश सरकारले के गरिरहेको छ ? सरकारलाई झक्झक्याउन प्रदेश सांसदहरू कतिको सचेत छन् ?