‘पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने’

वैशाख ७, २०८३ |कान्तिपुर टीभी संवाददाता
‘पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने’

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने बताएको छ ।

पार्टी मुख्यालय सानेपामा साेमबार भएको छलफलपछि समितिका संयोजक तारामान गुरुङले पार्टी विधान बमोजिम सोधिएको स्पष्टिकरण फिर्ता लिन नसकिने प्रष्ट पार्नुभएको हो । खड्कामाथि ७ दिने स्पष्टिकरण सोधिएको र त्यसको म्याद अझै २ दिन भएकाले अरु निर्णय गर्न नसकिने बताउनुभयो ।

नेता खड्कालाई समितिको वैशाख २ गते बसेको बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । नेता खड्काले स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय वैधानिक नभएको भन्दै अस्वीकार गर्नु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.