रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा सुरू

वैशाख ५, २०८३ |नारायण किलम्बू
रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा सुरू

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथका मूल देवतालाई ३२ हात अग्लो रथमा रथारोहण गराइएको छ ।

मच्छिन्द्र बहालबाट गुरुजुको पल्टनसहित परम्परागत बाजा बजाउँदै पुल्चोकमा मूल देवतालाई रथारोहण गराएसँगै जात्रा प्रारम्भ भएको मानिन्छ ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथको मूलदेवतालाई रथारोहण गराउने चलन छ । वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथलाई मुलुककै लामो समयसम्म चल्ने जात्राका रूपमा पनि लिइन्छ ।

मच्छिन्द्रनाथको रथारोहणको तीन दिनपछि अर्थात् ८ गतेबाट रथ तान्ने जात्रा प्रारम्भ हुन्छ । काठ र बेत मात्र प्रयोग गरी बनाइएको मच्छिन्द्रनाथलाई नेपाल भाषामा बुगंद्यो भनिन्छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।