नयाँ वर्ष २०८३ आजबाट आरम्भ, देशभर हर्षोल्लासपूर्वक स्वागत गरिँदै

वैशाख १, २०८३ |कान्तिपुर टीभी संवाददाता
नयाँ वर्ष २०८३ आजबाट आरम्भ, देशभर हर्षोल्लासपूर्वक स्वागत गरिँदै

काठमाडौं । नयाँ वर्ष २०८३ साल आजबाट प्रारम्भ भएको छ । 

नयाँ उत्साह, नयाँ उमंग र नयाँ सुरूआतका रूपमा लिइने वर्षको पहिलो दिन हर्षोल्लासपूर्वक मनाइँदै छ ।

विक्रम संवत्‌को पहिलो दिन वैशाख १ गते मंगलबार सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरू गर्ने दिन हो । आजको दिनलाई मेष सङ्क्रान्ति वा वैशाख सङक्रान्ति पनि भनिन्छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् वैज्ञानिकसमेत रहेको पूर्वीय दर्शनका विद्वानहरूको मत छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ठ व्यक्तित्वले शुभकामना सन्देशमार्फत नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.