काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले मन्त्रीहरूको सम्पत्ति विवरणमाथि टिप्पणी गर्दै व्यक्तिले सम्पत्ति राख्नु गलत नभए पनि कानुनसम्मत हुनुपर्ने तर्क गर्नुभएको छ।
सम्पत्तिको स्रोतबारे मन्त्रीहरू आफैं जवाफदेही रहने भन्दै भट्टराईले गृहमन्त्री सुधन गुरूङले आफ्नो सम्पत्तिको सूचीमा उल्लेख गरेको जग्गा जमिनमाथि प्रश्नसमेत गर्नुभयो। आवश्यक परे त्यसमा छानबिन हुनुपर्ने नेता भट्टराईको भनाइ छ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै भट्टराईसँग चुनावमा आफ्नो दलको पराजय, पार्टीमा नेतृत्व परिवर्तनको मुद्दालगायतका विषयमा पनि प्रश्न गरिएको छ।
भट्टराईसँगको पूरा अन्तर्वार्ता साेमबार राति ९ बजे कार्यक्रम ‘फायरसाइड’मा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ।
सम्बन्धित समाचार :