
धादिङ । धादिङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले जिल्लाको विकासमा समन्वय र सहकार्य गरी एकजुट हुने प्रतिबद्धता जनाएका छन्।
धादिङका १३ वटै स्थानीय तहले साेमबार संयुक्त रूपमा जिल्लाबाट संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदलाई स्वागत तथा सम्मान गरेका थिए। सोही कार्यक्रममा उपस्थित सांसहरूले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।
कार्यक्रममा स्थानीय तहका जन प्रतिनिधिले पनि जिल्लाको विकासमा स्थानीय तह हरेक तवरले लागि परेको उल्लेख गर्दै संघ सरकार र स्थानीय सरकारबीचको समन्वयबाट मात्रै नागरिकलाई विकासको प्रत्याभूत गराउन सकिने कुरामा जोड दिएका थिए।