प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । सरकार गठनको १७औं दिनमा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको खातामा १ करोड ४६ लाख रकम रहेको उल्लेख छ । खातामा मौज्दात रहेको रकम फेसबुक, युट्युब, टिकटक तथा स्पोटिफाइ तथा आइट्युनबाट आम्दानी भएको रकम भएको विवरणमा लेखिएकाे छ ।

साथै प्रधानमन्त्री पत्नी सबिनाको १ सय ९० तोला सुन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्री बालेन्द्रका बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा छ । त्यस्तै उहाँकी आमा ध्रुबदेबी शाहको नाममा काठमाडौं महानगरपालिकाको वडा नम्बर नौमा पाँच आना जग्गाका साथै धनुषामा १ दशलमव दुई बिघा जग्गा छ ।

त्यस्तै अर्थमन्त्री स्वर्णीम वाग्लेको विभिन्न बैंक खातामा १ करोड ९० लाख रकम रहेको उल्लेख छ । वाग्ले तथा परिवारका नाममा चार ठाउँमा घर रहेको छ । सानेपा, भैसेपाटी काभ्रे र तनहुँमा घरका साथै फ्ल्याट रहेको छ । साथै बुबा जीवनराज वाग्ले र आफ्ना नाममा गरी ५ ठाउँमा जग्गा रहेको विवरण उल्लेख छ । 

यस्तै, ९४ लाखको गाडी समेत मन्त्री वाग्लेको नामामा रहेको छ । यस्तै, अर्थमन्त्री वाग्लेको पाँचवटा कम्पनीको सेयर रहेको समेत विवरणमा उल्लेख छ । साथै गृहमन्त्री सुधन गुरुङको ८९ तोला सुन, ६ किलो चाँदी र ४ करोड ३१ लाखको सेयर लगानी देखिन्छ । गुरुङकै नाममा धनकुटामा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.