धादिङकाे ज्वालामुखी नेपालकै पहिलो नमुना र स्वच्छ गाउँपालिका घोषणा

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
धादिङकाे ज्वालामुखी नेपालकै पहिलो नमुना र स्वच्छ गाउँपालिका घोषणा

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो नमुना र स्वच्छ गाउँपालिका घोषणा भएको छ ।

२०७३ साल चैत्र १९ गते खुला दिसामुक्त क्षेत्र घोषणा गरेर ‘कोखदेखि शोकसम्म ज्वालामुखी सरकार, मिशन २०८२’ थालेको गाउँपालिकाले सबै वडालाई सफा तथा स्वच्छ क्षेत्र घोषणा गर्दै आइतबार नेपालकै पहिलो नमुना र स्वच्छ गाउँपालिका घोषणा गरेको हो । 

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले धाराको पानी पीएर उद्घाटन गर्नु भएको कार्यक्रममा नमुना र स्वच्छ गाउँपालिका निर्माणका लागि १५ सूचक र ४५ उपसूचकको कडा कार्यान्वयन र दिगोपनाको प्रतिबद्धता गर्ने उल्लेख गर्दै हस्ताक्षर गरी गाउँपालिकालाई देशकै पहिलो नमुना र स्वच्छ गाउँपालिका घोषणा गर्नुभएको हो ।

२०७३ साल देखि थालीएको अभियान सबै वडामा पुगेपछि गाउँपालिकालाई नमुना र स्वच्छ गाउँपालिका घोषणा गर्ने दिनमा आइपुगेको गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बताउनुभयो । खानेपानी तथा सरसफाइ व्यवस्थापनमा लागू गरिएको बोर्ड मोडल देशकै उत्कृष्ट अभ्यास बनेको बताउँदै तीन हजारभन्दा बढी घरधुरीमा सुरक्षित खानेपानी सेवा, स्रोत संरक्षण, प्रविधियुक्त व्यवस्थापन र समतामूलक वितरण गरिएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.