सेनाको प्रतिरक्षात्मक गोलीबाट चितवन निकुञ्जमा पोथी गैंडा मृत, एक सिपाही घाइते

चैत्र २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सेनाको प्रतिरक्षात्मक गोलीबाट चितवन निकुञ्जमा पोथी गैंडा मृत, एक सिपाही घाइते

चितवन । चितवन रास्ट्रिय निकुञ्जभित्र सेनाको गोलीबाट एउटा गैंडा मरेको छ । 

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको सेरी सुरक्षा पोस्टबाट गस्तीमा खटिएको नेपाली सेनाले प्रतिरक्षाका क्रममा गोली चलाउँदा २४ वर्षको पोथी गैंडा मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभएको छ ।

निकुञ्जको कोर क्षेत्रमा खटिएको गस्ती टोलीको बच्चासहितको बयस्क पोथी गैंडासँग जम्का भेट भएको थियो । गैंडा भगाउन १४ राउन्ड हवाइ फायर गर्दा पनि गैंडा नभागी सिपाहीमाथि आक्रमण गरेपछि घाइते सिपाही जोगाउन गोली चलाउँदा गैंडा मरेको सूचना अधिकारी मगरले बताउनुभयो । 

गैंडाको आक्रमणमा घाइते सिपाहीलाई सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल लगिएको निकुञ्जले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.