
धादिङ । गृहमन्त्री सुधन गुरूङले नागढुंगा-मुग्लिङ सडक विस्तारको अनुगमन गर्नुभएको छ ।
मन्त्री गुरूङसहितको टोलीले शनिबार सडक विस्तारको पछिल्लो अवस्थाबारे जानकारी लिएको हो । त्यसअवसरमा मन्त्री गुरूङले काममा ढिलाइ नगर्न निर्देशन दिनुभयो । उहाँले निर्माण सामग्री आपूर्तिमा सहजीकरण गर्न र कुनै पनि खालका अवरोध सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिनुभयो ।
निर्माण व्यवसायीले भने विद्युत्का पोल हटाउन सहजीकरणका लागि आग्रह गरेका थिए ।