नवनियुक्त दुई मन्त्रीद्वारा सपथ ग्रहण

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त दुई मन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताकाे सपथ लिएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दुई नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएकाे हाे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शीतल निवासमा आयोजित विशेष समारोहबीच सपथ लिएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले दिपक साहलाई श्रम मन्त्रीबाट पदमुक्त गरी रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई उद्योगमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । उपसभामुख निर्वाचनका कारण सपथ ग्रहण समारोह केही समय ढिलो भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.