
काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
नवनिर्वाचित उपसभामुख ठाकुरले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो । सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्री तथा सांसदहरूको उपस्थिति थियो ।
ठाकुर शुक्रबार मात्रै प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको थियो ।