नेपाली राष्ट्रिय हक्की टिमकाे जर्सी सार्वजनिक

चैत्र २८, २०८२ |खेल ब्युरो
नेपाली राष्ट्रिय हक्की टिमकाे जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय हक्की टिमले लगाउने जर्सी सार्वजनिक भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रामचरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले संयुक्तरूपमा हक्की टिमको जर्सी अनावरण गरेका हुन् ।

हक्की संघले पुरुष टिमका लागि रातो र महिला टिमका लागि गुलाबी रङको जर्सी सार्वजनिक गरेको छ । हक्की संघले महिला र पुरुषको राष्ट्रिय टिमका लागि २६-२६ खेलाडीको सूचीसमेत सार्वजनिक गरेको छ । 

गत फागुनमा काठमाडौंमा भएको राष्ट्रिय हक्की प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा हक्की संघले राष्ट्रिय टिम छनोट गरेको हो ।