प्रतिनिधिसभाको उपसभामुखमा रूबी निर्वाचित

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको उपसभामुखमा रूबी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रूबी कुमारी ठाकुर निर्वाचित हुनुभएकाे छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा ठाकुर उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । रूबीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए । उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे । २२ सांसदले भने पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् । 

संसद् अधिवेशनको यो अन्तिम बैठकमा राजनीतिक दलहरू विभाजित देखिएका छन् । सत्तारुढ दल रास्वपा र राप्रपाबीच उपसभामुख चयनलाई लिएर बैठकमा घोचपेचसमेत भयो । राप्रपाका सांसदहरूले उपसभामुखमा रास्वपासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.