
दाङ । लुम्बिनी प्रदेशसभाले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक पारित गरेको छ ।
शुक्रबार बसेको लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनको दशौँ बैठकमा लुम्बिनी प्रदेशसभाले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको प्रतिवेदनसहितको विधेयक मुख्यमन्त्री चेतनारायण आचार्यकातर्फबाट मन्त्री भूमिश्वर ढकालले संसद्बाट पारित गरियोस् भनी प्रस्तुत गर्नु भएको विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
शुक्रबारको बैठकमा लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयक पनि छलफलका लागि पेस भएको छ । उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयक छलफलका लागि संसद्मा पेस गर्नु भएको हो । शुक्रबारको बैठकमा उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले प्रदेश सभा सदस्यहरूले संसद्मा उठाएका मन्त्रालयसँग सम्बन्धित विषय र मन्त्रालयले गरेको कार्यप्रगतिका बारेमा संसद्मा जानकारी गराउनु भएको थियो ।