
हेटौंडा । हेटौंडा उप महानगरपालिका वडानम्बर १ मा सञ्चालित ग्लोबल वास प्लान्ट उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिल गरेको छ ।
बालुवा धुने वास प्लान्टको अनुमति लिएर क्रसिङ उधोग सञ्चालन गरेको पाइएपछि उद्योग सिल गरिएको हो । उद्योग सञ्चालक दिनेश मैनालीलाई प्रशासनले नियन्त्रणमा लिएको छ । उद्योग सिल गर्न लाग्दा कर्मचारीमाथि नै दुर्व्यवहार गरेको भन्दै मैनालीलाई नियन्त्रणमा लिइएको मकवानपुरको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो ।