दोलखाको उच्च हिमाली भेगमा हिमपात

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दोलखाको उच्च हिमाली भेगमा हिमपात

दोलखा । दोलखाको उच्च हिमाली भेगमा मौसमवदलीसँगै हिमपात र तल्लो भेगमा हिउँदे वर्षा भइरहेको छ ।

बुधबार दिउँसोबाट पुनः मौसममा भएको बदलीसँगै कालिञ्चोक, बेदिङ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । सोमबार मात्रै दोलखामा तिव्र गतिको हावाहुरीसहति उच्च भेगमा हिमपात भएको थियो ।

दिन विराएर निरन्तर वर्षा र हिमपात भएपछि उच्च भेगमा चरणका लागि पुगेको चौंरी गाठ र गोठाला प्रभावित बनेका छन् । चैत्रको अन्तिम लाग्नै लाग्दासमेत हिमपात भएसँगै त्यसक्षेत्रसहित चरिकोटमा चिसो बढेको छ । तल्लो क्षेत्रमा हिउँदे वर्षा भएको छ ।

आलु रोपेको किसान आलु गाँड्ने बेलामा असिनासहित निरन्तर वर्षा भइरहेकाे कारण फल नलाग्ने चिन्तामा परेका छन् । मकै छरिसकेका किसान भने बारी भिजेका कारण मकैको टुसा पलाउने भन्दै खुसी देखिएका छन् । हिमपातपछि कालिञ्चोकका होटल व्यवासयी आन्तरिक पर्यटकको चहलपहल बढने भन्दै उत्साहित बनेका छन् । 

कालिञ्चोक क्षेत्र घुम्न र दर्शन गएका आन्तरिक पर्यटकका सवारीसाधन बाक्ला हिउँका कारण बाटोमा नै अलपत्र परेका छन् । सिजन सुरू भएसँगै पर्यटकीय गाउँ बेदिङ र नामा बाक्लो हिमपातपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.