श्रममन्त्री दीपककुमार साह वर्खास्त

चैत्र २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
श्रममन्त्री दीपककुमार साह वर्खास्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई हटाउनुभएको छ ।

रास्वपाको केन्द्रीय अनुशासन आयोग र पार्टी सभापति रवि लामिछानेको सिफारिसपछि प्रधानमन्त्री शाहले मन्त्री साहलाई हटाएको हुन् । पार्टी आचारसंहिता र अनुशासनविपरीत काम गरेको पाइएपछि पार्टीले मन्त्री शाहलाई हटाउन सिफारिस गरेको हो । त्यसपछि मन्त्री साहलाई हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

केन्द्रीय अनुशासन आयोगले मन्त्री साहले पार्टी अनुशासन र आचारसंहिताविपरीत श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै सभापति लामिछानेसमक्ष कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सिफारिस गर्नुभएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.