विधायन व्यवस्थापन समितिको सभापतिमा कांग्रेस सांसद रोकाय

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विधायन व्यवस्थापन समितिको सभापतिमा कांग्रेस सांसद रोकाय

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित हुनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो । बैठक समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो । सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

समिति सभापतिमा सर्वम्मत भए पनि रोकायाले कसैप्रति कुनै पनि प्रकारको आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउनेगरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई समेत स्वागत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.